HomeFeatureराष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा के भयो ? प्रधानमन्त्री ओलीले के भने,...

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा के भयो ? प्रधानमन्त्री ओलीले के भने, चित्रबहादुर केसीले बताए बैठक बारे

काठमाण्डौ, 16 मार्च 2021

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलिय बैठक गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकिय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलिय बैठक आव्हान गर्नुभएको हो । सर्वदलिय बैठक पछि संचारकर्मीलाई प्रतिक्रिया दिदै राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले भ्रमणबारे जानकारी दिन बोलाउनुभएको भएपनि केही समसामयिक राजनीतिक विषयमा पनि नेताहरुले धारणा राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो “समसामयिक विषयमा पनि फाटफुट्ट कुरा भयो । लामो बसाई भएन । सबैले बोल्नुभएन । कोही बोल्नुभयो कोही बोल्नुभएन । म पनि बोलेँ । मैले भनेँ–तपाईहरु जिम्मेवार ठाउँमा बसेका मान्छेले विचार गर्नुपथ्र्यो अहिलेको स्थिति कसरी आयोग भनेर राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी । मैले भनेको छु । २०६२÷६३ सालमा जुन उपलब्धि भयो । यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरी गुम्नेवाला छ । गणतन्त्रमा कालोबादल मडारिसकेको छ । यसको कारण चाहीँ सम्बन्धीत ठाउँबाट राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले । ”

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ताजाजनादेश लिन चुनावमा जानुपर्ने बताएको र नेकपा माओवादी केन्द्रका अध्यक्षले समसामयिक राजनीतिक विषयमा कुरा गर्नुभउको नेता केसीले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसका नेता विमलेन्द्र नीधिले भन्नुभयो “प्रचण्ड जी ले समसामयिक विषयमा छलफल गरौ भन्नुभयो । उहाँको नरमै ,राम्रै कुरा थियो । राजनीति पार्टीहरु बसेर छलफल गर्नुपर्छ र संसदबाटै समस्या समाधान गर्नुपर्छ । मोही माग्ने ढुंग्रो लुकाउने गर्नु त भएन । अहिले चुनावमा जाने राष्ट्रको स्थिति नै होइन भन्ने कुरा त प्राय सबैको त्यही थियो भावना । ”

बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतबार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...