नयाँ दिल्ली 6 फरवरी 2020
राष्ट्रपति रामनाथ कोविन्दले निर्भया सामूहिक बलात्कार तथा हत्या मामिलाको एक जना अर्का दोषी अक्षय ठाकुरको क्षमा याचिका पनि खारेज गरिदिनुभएको छ। यसका साथै राष्ट्रपति कार्यालयमा अब यी चार दोषीहरू मध्ये कसैको पनि क्षमा याचिका लम्बिने छैन। गृहमन्त्रालयका अधिकारीहरूले बताए अनुसार केही दिन पहिले मात्र अक्षय ठाकुरले राष्ट्रपति समक्ष क्षमा याचिका पेश थिए।
राष्ट्रपति कोविन्द यसपूर्व दुई अन्य दोषीहरू विनय शर्मा र मुकेश सिंहको क्षमा याचिका खारेज गरिसक्नुभएको छ।









































