Homeसमाचारराष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट दशैंको टीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट दशैंको टीका ग्रहण

राष्ट्रपति पौडेलद्वारा ९१ वर्षीया भाउजूबाट दशैंको टीका ग्रहण

काठमाडौं, 24 अक्टोबर 2023

राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दशैंको टीका, जमरा, प्रसाद र आशिर्वाद ग्रहण गरेका छन् । साथै गुरु पुरोहितबाट पनि दशैंको दीका, जमरा, प्रसाद ग्रहण गरे ।

rastrapati tika

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा मंगलवार राष्ट्रपति पौडेलले दशैंको शुभ साइत ११ बजेर २ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन्  । आफूले टीका ग्रहण गरेपछि उनले परिवारका सदस्यलाई टीका लगाइदिएका छन् । विजया दशमीका अवसरमा आज राष्ट्रपति पौडेलले अति विशिष्ट व्यक्तित्वहरुलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधरणका लागि ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम  छ ।

rastrapati tika 01

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा विजया दशमीको दिन शीतल निवास राष्ट्रपति कार्यालयले सम्माननीयहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुखहरु, न्यायाधीशहरु, सांसद, संवैधानिक निकायमा प्रमुख एवम विशिष्ट व्यक्तित्वहरुलाई २ बजेदेखि ३ बजेसम्म टीका प्रसाद ग्रहण गर्ने र सर्वसाधारणका लागि ३ देखि ५ बजेसम्म टीका प्रसाद गर्ने कार्यक्रम तय गरिएको हो ।

अतिविशिष्ट, विशिष्ट तथा सर्वसाधारणका लागि टीका प्रसाद ग्रहण गर्न आउँदा मर्यादित पोशाकमा १ नम्बर प्रवेशद्वारबाट आउन भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...