HomeFeatureराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भूकम्पपछि पूनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भूकम्पपछि पूनर्निर्माण भइरहेका सम्पदाहरुको अवलोकन

काठमाण्डौँ, 8 फरवरी 2020

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पूननिर्माण भइरहेका सम्पदाहरुको अवलोकन गर्नुभएको छ। शनिबार राष्ट्रपति भण्डारीले रानीपोखरी, धरहरा, बालगोपालेश्वर मन्दीर, बसन्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको हो। राष्ट्रपति भण्डारीले शनिबार बिहान रानिपोखरीबाट अवलोकन सुरु गरी बालगोपालेश्वर मन्दीर, धरहरा, सुन्धारा क्षेत्र, काण्ठमण्डप र हनुमान ढोका दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो। पूनर्निर्माणले गति लिएको समयमा राष्ट्रपतिको भ्रमणले अत्यन्तै महत्व राख्ने राष्ट्रिय पूर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवाललीले बताउनुभयो। भूकम्पपछिको पूर्ननिर्माणको कामले द्रुत रुपमा गति लिएको उहाँले बताउनुभयो। सम्पदाहरुको पूर्ननिमार्णको काम तोकिएको अवधिभित्र सम्पन्न हुनेमा आफु विश्वस्त रहेको बताउनुहुँदै उहाँले महानगरपालिका, स्थानीय समुदाय र पुरातत्वविभाग सबै मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो।

आगामी वैशाखसम्म काम सपन्न गर्ने लक्ष्यका साथ रानीपोखरी पूर्ननिर्माण भइरहेको छ। पहिलो चरणमा रानीपोखरी पूर्ननिर्माण समितिले पोखरीको पिँध र पोखरी वरिपरिको पर्खाल निर्माण गरिरहेको छ। गत वर्षको चैत 11 गतेबाट सुरु भएको कामको सम्पूर्ण लागत 9 करोड 54 लाख 37 हजार 5 सय 47 रुपैयाँ रहेको छ। त्यसैगरी बालगोपालेश्वर मन्दीर, पुल तथा सौन्दर्यकरणका अन्य कामहरुका लागि सी.एम./तुलसी जेभीले जिम्मा पाएको छ। 2076 असार 24 गतेबाट काम सुरु भएको थियो। कुल लागत 14 करोड 27 हजार 5 सय 57 रुपैयाँ रहेको छ। देस्रो चरणमा जमल र शान्तिबाटिकामा सौन्दर्यीकरणका कामहरु गरिनेछ। रानीपोखरी पूर्ननिर्माणका क्रममा कुन शैलीमा निर्माण गर्ने भन्ने विवाद उत्पन्न हुँदा निर्माणमा केही केही ढिलाई भएको थियो। पछि ग्रन्थकुट शैलीमा निर्माण गर्ने सहमति भएपछि काम सुरु भएको थियो। राष्ट्रपतिले शनिबार नै दरबार हाइस्कुलको पनि अलोकन गर्नुभएको छ। दरबार हाइस्कुलमा चिनियाँ राजदूत हाउ यान्छीले राष्ट्रपतिलाई स्वागत गर्नुभएको थियो। चीन सरकारको सहयोगमा पूर्ननिर्माण भइरहेको हाइस्कुलको निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछि क्षति पुगेको हाइस्कुलको रेट्रोफिटिङ गर्ने योजना रहेपनि सम्भव नभएपछि पूर्ननिर्माण नै थालिएको थियो। 85 करोड 59 लाख लागतमा निर्माण सुरु गरिएको थियो। जम्मा 60 वटा कक्षाकोठा रहेको भवनमा 30 कक्षाकोठामा विद्यार्थी राखिने छ। बाँकी 30 वटा कक्षाकोठामा पुस्तकालय, विज्ञान प्रयोगशाला, आइटी ल्याब राखिने छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेश प्रसाद दाहालले विद्यालय पूर्णतः आइटीमा आवद्ध गरिएको बताउनुभयो। जम्मा 40 वटा सीसी क्यामेरा जडान गरिएको छ। भानु माध्यामिक विद्यालय र कक्षा 6 देखि 12 सम्म संस्कृत तर्फको अध्ययन हाइस्कुलबाट हुँदै आएको छ। 1 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। बैसाख 12 गते भित्र नै उद्घाटन गर्ने तयारी रहेको सचिव दाहालले बताउनुभयो।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली महानगरका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरी, दरबार हाइस्कुलसँगै धरहराको पनि राष्ट्रपतिलाई अवलोकन गराईएको छ। बैसाख 12 गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको धरहरा निर्माणको काम द्रुत गतिमा अगाडी बढिरहेको छ। हरेक एक हप्तामा एक तला थप्ने योजनाका साथ काम भइरहेको छ। धरहरा सातौ तला निर्माण भइरहेको छ। धरहरा बाहिरबाट हेर्दा 11 तलाको हुने भएपनि भित्रबाट 22 तलाको हुनेछ।

काष्ठमण्डप पूर्ननिर्माणको काम पनि द्रुत गतिमा अगाडी बढेको छ। काष्ठमण्डप पूर्ननिर्माणको काम 50 प्रतिशतभन्दा बढी सकिएको छ। 2075 बैसाख 18 गते उपभोक्ता समिति गठन गरी निर्माणको काम सुरु गरिएको थियो। कुल 99 करोड 88 लाख रुपैयाँ लागत अनुमान गरिएको काष्डमण्डप पूर्ननिर्माणका लागि 17 हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ। काठमाडौं महानगरपालिकाले पूर्ननिर्माणका लागि 10 करोड बढी सहयोग गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...