काठमाडौं, 25 दिसम्बर 2021
राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । ‘क्रिसमस डे’का अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाले समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज तथा समुन्नत नेपाल निर्माणतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको हो । उहाले विविध सांस्कृतिक पहिचान एवम् धार्मिक संस्कृतिले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सुखी नेपाली समृद्ध नेपालको नारालाई साकार पार्नका लागि सवैबिचको एकता अपरिहार्य रहेको उहाको भनाई छ । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बिभिन्न आन्दोलनबाट प्राप्त उपलव्धीलाई रक्षा गर्दै मुलुकमा सामाजिक न्यायलाई सुदृढ गर्नुपर्ने धारणा राख्नुभयो ।









































