नयाँ दिल्ली/ 2 जनवरी 2020
राष्ट्रवादी काँग्रेस पार्टीका वरिष्ठ नेता तथा पूर्व राज्यसभा सांसद डी.पी. त्रिपाठीको 67 वर्षको उमेरमा निधन भएको छ। लामो समयसम्मको विमारीपछि बिहिबार नयाँ दिल्लीमा उहाँले अन्तिम श्वास लिनुभएको हो। उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिनुभएका त्रिपाठी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो।
उहाँको निधनप्रति उपराष्ट्रपति एम. वेंकैया नायडूले शोक प्रकट गर्नुभएको छ। नायडूले आफ्नो शोक संदेशमा वरिष्ठ सांसदको निधनको खबरले आफु निकै मर्माहित भएको बताउनुभएको छ।
त्यसैगरी, सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले डी.पी. त्रिपाठीको निधनप्रति शोक व्यक्त गर्नुभयो। जावडेकरले त्रिपाठी प्रसिद्ध राजनीतिक विचारक रहनुभएको बताउनुभयो। उहाँले त्रिपाठी एक बुद्धिजीवी नेता र आफ्नो प्रिय मित्र भएको समेत बताउनुभयो।









































