HomeFeatureराष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने: पोखरेल

राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने: पोखरेल

काठमाडौं, 17 दिसम्बर 2021

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभाको निर्वाचनबाट आउने परिणामको आफ्नो पार्टीले चिन्ता नगर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजि पत्रका सम्मेलनमा उहाले माधव नेपालहरुले आफ्नो पार्टीको मतलाई खण्डित गरेकाले त्यसबाट आउने परिणामबाट आफ्नो पार्टी चिन्तित नहुने बताउनुभएको हो । उहाले अहिले पार्टी सुदृढिकरणको अभियानमा अघि बढेको र एमाले प्रवेश गर्नेको लहर चलेको दावि गर्नुभयो । अहिले गठबन्धन एकातिर र सिंगो एमाले अर्कोतिर विभाजित रहेपनि जनताले विश्वास गर्ने भएकाले बलियो शक्तिको एकमात्र विकल्प एमाले भएको बताउनुभयो । त्यस्तै पोखरेलले आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई संसदमा राखेर सदन चल्न नसक्ने स्पष्ट पार्नुभयो । महासचिव पोखरेलले सभामुख अग्नि सापकोटाले कि गल्ति सच्याउनुपर्ने कि राजीनामा दिनुपर्ने भन्दै त्यो नभएसम्म एमालेले गर्दै आएको संसदको अवरोध नहट्ने जिकिर गर्नुभयो ।  उहाले पार्टीका नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको बताउनुभयो । उहाले पार्टी अध्यक्षसँग परामर्श गरेर जिम्मेवारी लिन तयार भएमा छलफल गर्न सकिने उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा एमालेले हालैसम्पन्न केन्द्रीय कमिटीका निर्णयहरु सार्वजनिक गरेको थियो । एमालेको केन्द्रीय कमिटी बैठक मंसिर २५ र २६ गते भक्तपुरमा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...