HomeFeatureराष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश

राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश

काठमाडौं, 10 सितम्बर 2021

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन अध्यादेश–२०७८ पेश गरिएको छ । शुक्रबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । तर एमाले सांसदहरुको अवरोधकाबीच गृहमन्त्री बालकृष्ण खाँणले सो अध्यादेश पेश गर्नु भएको हो । त्यसैगरी बैठकले संविधानसभा सदस्य जुठबहादुर खड्गी जेबी टुहुँरे र अर्का संविधानसभाका सदस्य महेन्द्र शेरचनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव समेत पारित गरेको छ । जनवादी गायक टुँहुरे नेकपा माओवादी केन्द्रबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो भने सञ्चार उद्यमी शेरचन एमालेबाट संविधान सदस्य सदस्य हुनु भएको थियो । सो प्रस्ताव पारित गर्नु अघि एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराउनु भएको थियो । उहाँले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर लागेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको स्पष्ट पार्नु भयो । एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ। राष्ट्रियसभाको अर्को बैठक आगामी भदौं २८ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...