काठमाण्डौ, 17 सेप्टेम्बर
राष्ट्रियसभा सदस्यमा मनोनित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट आज मनोनित हुनुभएको गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको हो । आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो। सपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरेहको बताउनुभयो । उहाँले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने समेत बताउनुभयो । पार्टीले देशमा समाजवादको संकल्प पुरा गरेको उल्लेख गर्दै उहाँले राष्ट्रियसभामा आफुले त्यही भूमिका निर्वाह गर्ने बताउनुभयो । फागुन देखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पराजित हुनुभएको थियो ।









































