HomeFeatureराष्ट्रिय खेलकुद परिषद्– कर्मचारी संघद्वारा बिहीबार शान्तिपूर्ण बिरोध प्रदर्शन

राष्ट्रिय खेलकुद परिषद्– कर्मचारी संघद्वारा बिहीबार शान्तिपूर्ण बिरोध प्रदर्शन

काठमाडौं, 3 फरवरी 2022

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद– कर्मचारी संघले बिहीबार शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) को नेतृत्व विवादको कारण खेलकुदलाई ठप्प नबनाउन तथा खेलकुद, खेलाडी र खेलकर्मीको भविष्यमा खेलवाड गर्न नहुने मागसहित तीन खेलकुद संघले शान्तिपूर्ण प्रदर्शन गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र राखेप परिसरमा आयोजित आन्दोलनमा विभिन्न खेलका खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको उपस्थिति रहेको थियो । राखेपको सदस्य सचिव बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा परेको रिटको किनारा लगाउन सम्मानित अदालत समक्ष आग्रह गर्दै परिषदको कामकारबाही नियमित सुचारु राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न शान्तिपूर्ण बिरोधको कार्यक्रम गर्ने गरिएको संघले जनाएको छ । राखेपलाई अनिर्णयको बन्दी बनाएको र सरकारले पनि निकास नदिएकाले खेलकुद गतिविधि नै ठप्प भएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुभयो । सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।  त्यसयता राखेपको काम प्रभावित हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...