काठमाडौँ,६ फरवरी,२०२०
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको लागि विवरण दर्ता अपरेटर करारमा भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।
विभागले सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्र्गत घुम्ती सेवा सञ्चालन मार्फत नागरिकका विवरणहरु सङ्कलन गर्ने कार्यका लागि जुम्ला जिल्लामा कार्य गर्ने गरी (३० जना ) विवरण दर्ता अपरेटर खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्नका लागि यो दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका ईच्छुक नागरिकले फागुन ८ गतेसम्म जिल्ला प्रशासन कार्यालय जुम्लामा रु १० को टिकट टाँसी दरखास्त पेश गर्न सूचनामा भनिएको छ । लिखित परीक्षा चैत १ गते दिनको १.०० बजे जिल्ला प्रशासन कार्यालय जुम्लाले तोकेको स्थानमा हुनेछ । विस्तृत जानकारीका लागि फोन नम्बर ०८७५२००१२, ०८७५२०११२ र ०१४२५७७८३ मा सम्पर्क गर्नसक्नुहुनेछ ।









































