HomeFeatureराष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने...

राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा

काठमाडौं, 25 नवम्बर 2021

राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका प्रभावशाली नेता धवलशम्शेर राणासँगको सहकार्यमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का एक मात्र सांसद लिङ्देनले पार्टीलाई बचाउनका लागि उम्मेदवारी दिएको बताउनुभयो । राप्रपाले उठाउँदै आएको राजतन्त्र पुनःस्थापना र हिन्दुराष्ट्र स्थापनाको मुद्दाका लागि पनि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको लिङ्देनले बताउनुभयो । उहाँले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा बाध्यता भएको बताउनुभएको छ । राप्रपाको समाप्ति रोज्नु कि बाध्यात्मक रूपमा अगाडि बढ्नुपर्ने विकल्पमध्ये दोस्रो विकल्प रोज्नुपरेको लिङ्देनले बताउनुभयो ।  आफूहले  यो कदम नउठाउने हो भने राप्रपा समाप्त हुने र अध्यक्षहरु पनि समाप्त हुने बताउनुभयो ।   लिङ्देनले आफूहरूले राप्रपामा विद्रोह पनि नगरेको र अध्यक्षत्रयविरुद्ध पनि नउभिएको बताउनुभयो । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीविरुद्ध उठ्न कसैले आँट नगरिरहेको अवस्थामा आफू अगाडि बढेको लिङ्देनको भनाइ थियो । आफूहरूले अहिलेसम्म अध्यक्षत्रयको आदेश मानेको तर अब आफै अगाडि बढ्नुपर्ने अवस्था आइलागेको उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै पार्टीको वर्तमान नेतृत्वलाई सहज रूपमा नेतृत्व हस्तान्तरण गर्न र अभिभावकीय भूमिकामा रहन पनि लिङ्देनले आग्रह गर्नुभयो । पार्टीमा सबै पक्षलाई समेटेर अगाडि बढ्ने लिङ्देनको भनाइ छ । त्यस्तै सोही कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर धवलशम्शेर राणाले राप्रपाको महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । उहाँले पार्टीमा आफू भन्दा सक्षम लिङ्देन रहेकाले आफू एक कदम पछि हटेर लिङ्देनलाई अध्यक्षमा समर्थन गरेको जानकारी दिनुभयो ।  हाल राप्रपामा कमल थापा, पशुपति शम्शेर जबरा र डा‍. प्रकाशचन्द्र लोहनी तीन अध्यक्ष हुनुहुन्छ । कमल थापाले अध्यक्षमा उम्मेदवारी दिने निश्चित भइसकेको छ भने अन्य दुई अध्यक्ष मौन बसेका छन् । राप्रपाको महाधिवेशन मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...