काठमाडौं, 2 नवम्बर 2021
अब्दुल्लाह अलमुताइरी नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारीमा फर्किएका छन् । मंगलबार एन्फाले आयोजना गरेको पत्रकार सम्मेलनमा अलमुताइरीले एन्फासंग सोमबारदेखि नयाँ सम्झौता गरेको र सम्झौता सन् २०२४ को अन्तिमसम्म रहेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले आगामी योजना समेत सावर्जनिक गरेका छन् । विश्वकप छनोट २०२६ र एसिया कप छनोट २०२७ लाई लक्षित गरेर तीन वर्षको सम्झौता गरिएको उनले बताए । उनले एशियन कप छनोटको तेस्रो चरणको तयारीमा आफुले बनाएको योजना अनुसार खेलाडी घाइते भएको खण्डमा आफुलाई दबाव हुने र हाफ इन्जिन खेलाडी खेलाडी आफुलाई नचाहिने बताए । उनले आफुहरु फुटबलको विकाशका लागि लागिपरेको बताउँदै सबैले फुटबलको विकाशमा केन्द्रित हुन आग्रह गरे । अलमुताइरीले खेलाडी र टिमको मनोबल उच्च हुने किसिमले समाचार संम्प्रेषण गर्नका लागि संचारकर्मीलाई आग्रह गरे ।









































