Homeसमाचारराजनीतिराष्ट्रिय सभाको बैठक अवरुद्ध, प्रचण्डको राजीनामा बटम लाइन

राष्ट्रिय सभाको बैठक अवरुद्ध, प्रचण्डको राजीनामा बटम लाइन

राष्ट्रिय सभाको बैठक अवरुद्ध, प्रचण्डको राजीनामा बटम लाइन

काठमाडौं, 6 जुलाई 2023

राष्ट्रिय सभाको बैठक अवरुद्ध भएको छ । दिउँसो १ बजे शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म सदन चल्न नदिने भन्दै एमाले सांसदहरु उभिएका हुन् ।

राष्ट्रिय सभा

प्रधानमन्त्री प्रचण्डलाई बोलाएर वास्तविकता भन्न लगाउने वचन दिए पनि सांसदहरुले नमान्दा बैठक अवरुद्ध भएको हो ।प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्न दिल्ली जानुपर्छ भन्ने आसयको भनाइ राखेको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रिय सभा

प्रचण्डले सरदार प्रितम सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार आयोजित कार्यक्रममा प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भने, ‘उहाँले सिख समुदायको संरक्षण र प्रबद्र्धनमा पनि योगदान गर्नुभएको छ, म आफैँले कुपन्डोलको गुरुद्वारामा गएर त्यो महसुस गरेको छु ।’

नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार प्रितम सिंहको योगदान रहेको भन्दै प्रचण्डले उनको प्रशंसा गरेका थिए ।

सो क्रममा उनले आफूलाई प्रधानमन्त्री बनाउन मेहनत गरेको प्रसङ्ग पनि उठाएका थिए ।

उनले भनेका थिए, ‘उहाँ राजनीतिमा पनि रुची राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटी दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ ।’

राष्ट्रिय सभा
राष्ट्रिय सभा

उनले सदन पनि अगाडि बढाउने र वार्ताको वातावरण पनि बनाउने भन्दै बजेटका विषयमा छलफल चलाउन आग्रह गरे पनि एमाले सांसदहरु उभिइरहे ।

एमालेका सांसदहरुले समय समयमा मोबाइलसमेत बजाएका थिए । उनले सदन पनि अगाडि बढाउने र वार्ताको वातावरण पनि बनाउने भन्दै बजेटका विषयमा छलफल चलाउन आग्रह गरे पनि एमाले सांसदहरु उभिइरहे ।

राष्ट्रिय सभा
राष्ट्रिय सभा

अध्यक्ष तिमिल्सिनाले बैठक शुक्रबार दिउँसो १२:२९ बजे बस्ने गरी स्थगित गरेका छन् ।

बुधबार हिजो पनि सदन र प्रतिनिधि सभाको बैठकसमेत अवरुद्ध भएको थियो ।

 

 

 

यो समाचार पनि पढनुहोस्…

  1. राजनीति छाडिन् एलिजा गौमतले
  2. अभिनेता शाहरुख खान घाइते

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...