HomeFeatureराष्ट्रिय सभामा,शुन्य समयमा सांसदहरुको भनाई

राष्ट्रिय सभामा,शुन्य समयमा सांसदहरुको भनाई

काठमाण्डौ, 28 जुलाई 2021

राष्ट्रिय सभाको बुधबारको बैठकमा राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले रकुम पश्चिमको त्रिवेणीमा २५ वर्षीया मनकला खत्रीको अज्ञात समुहले वलात्कार पछि हत्या गरेकोले दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

 उहाँले भन्नुभयो – ‘रुकुम पश्चिमको त्रिवेणी वडा नं. ४ छहरे बस्ने २५ वर्षीय मनकला खत्रीलाई अज्ञात समुहले घाँस काट्न गएको बेला वलात्कार गरेर हत्या गरेको छ । यसको उचित छानविन गरी उचित न्यायको निमित्त सरकार सँग माग गर्दछु ।’

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वर्तमान सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले धेरै विद्यालयहरु लाभान्वित भएको भएपनि वर्तमान सरकारले सो कार्यक्रम अन्र्तगतको रकम रोक्न लागेको भन्दै त्यसो नगर्न सचेत गराउनुभयो ।

 उहाँले भन्नुभयो – ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतको रकम सरकार फेरिएसँगै त्यो रकम खर्च नहुने हो कि भन्ने कुरा सबैतिर शंकाको विषय रह्यो ।’

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले देशमा धेरै घरेलु श्रमिक रहेको र उनीहरुलाई कोभिड १९ को जोखिम रहेको भन्दै वडा तहमा घरेलु श्रमिकको पञ्जिकरण गरी परिचय पत्र दिन र कोभिड १९ विरुद्धको खोप दिन अनुरोध गर्नुभयो ।

उहाँले भन्नुभयो –‘हाम्रो देशमा घरेलु श्रमिकको धेरै ठुलो जमात छ र घरेलु श्रमिक औपचारिक, अनौपचारिक कुनैपनि क्षेत्रमा देखिनु हुन्न । उहाँहरुले काम गर्ने वातावरण पनि प्राय जोखिमपूर्ण नै हुन्छ । अहिलेको यो कोभिड १९ को महामारीमा जोखिम झन बढेको छ । त्यसले गर्दा संघीयता सम्बन्धी हेर्ने मन्त्रालयले वडा स्तरमा घरेलु श्रमिकको पञ्जिकरण गर्ने, उनीहरुलाई परिचयपत्र दिने र खोप लगाउनको लागि प्राथमिकताको साथ काम गरोस् भनेर म अनुरोध गर्न चाहान्छु ।’

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले निर्मला हत्याकाण्डका दोषी पत्ता  किन लागेनन् भनी  प्रश्न गर्नुभो । उहाँले यो घटना रहस्यमय भएको भन्दै दोषीलाई छानविन गरी जन्मकैदको सजाय हुनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो –‘नेपाल सरकारलाई दबाब र अनुरोध गर्दछु कि निर्मला हत्याकाण्ड किन बाहिर आउँदैन ? यसको के रहस्य छ ? नेपालका दिदीबहिनी, चेलीबेटी धेरै बेहालमा छन् । गरिबकै छोरी भएकाले पत्ता नलागेको हो कि ? माग गर्न चाहान्छु यो रहस्यमय भयो, यदी पत्ता लागिहाल्यो भने ति दोषीलाई छानविन गरी जन्मकैदको सजाय होस् भन्ने माग गर्दछु ।

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नागरिकताको विधेयकलाई जतिसक्यो छिटो पारित गर्नेगरी प्रक्रिया अगाडी बढाउन सम्माननीय अध्यक्षज्यूमार्फत्   सम्बन्धीत निकाय र अधिकारीहरुको ध्यानाकर्षण गराउँदछु ।’

जनगुनासो र राष्ट्रियताको संरक्षण हुनेगरी विधेयक पास गराउनुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...