काठमाडौं, 7 फरवरी 2023
राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् ।मंगलबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।राष्ट्रपतिको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनलाई शपथ गराएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी अर्याल २०७० मा एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन् । माओवादी स्थायी समिति सदस्य अर्याल सत्ता गठबन्धनबाट उपाध्यक्ष चुनिएकी हुन् ।









































