काठमाडौं, 10 जनवरी 2023
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा सरकारले दिएको सावर्जनिक बिदाका सम्बन्धमा सरकारलाई आभार प्रकट गरेका छन् । उनले राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको बताएका छन् । उनले देशका गौरवाशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुनेसमेत बताए। पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको उनको भनाइ छ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै राप्रपाका अध्यक्ष लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन् । आजको बैठकमा उनले राष्ट्र निर्मातालाई सम्मान गर्दा कसैले हीनताबोध गर्न नहुने बताए । “राष्ट्र निर्मातालाई सम्मान गरेर जाँदा कसैले पनि हीनताबोध गर्नुपर्दैन । पृथ्वी नारायाण शाह थिए र आज नेपाल राष्ट्र छ,” उनले भने।









































