Homeअन्य +विचार/ब्लगराष्ट्र विरोधीहरू होसियार!

राष्ट्र विरोधीहरू होसियार!

प्रेम खडका

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको लागि मात्र नभएर विश्वका सम्पूर्ण गरीब देशहरूको लागि घातक छ, भन्ने कुराको प्रमाण मात्र होइन, घातक सावित भएको उदाहरण पनि हामी सबैले देखिसकेका छौँ। तर विडम्बना एमसीसीको समर्थन गर्ने कतिपय हाम्रा राष्ट्रघाती नेताहरु, भिख मागेको पैसाले देशको विकास गर्छौ भनेर हामी सोझासाझा जनतालाई मुर्ख बनाउन खोजिरहेका छन्। होसियार! आज जनताहरु समझदार भइसकेका छन्। ए नेताहरू हो, धेरै टाढा जानु पर्दैन, महाकाली सम्झौता गर्नेहरुमा तिमिहरू पनी सामेल छौ, हेर अहिले के हाल छ देशको? महाकाली नदी भारत र नेपालको आधा-आधा हुने भनेर सम्झौता गरेका होइन? सबैलाई थाहा छ, थाहा नभए कञ्चनपुरका जनतालाई सोध्दा थाहा पाउने छौ। के माहाकाली नदि आधा-आधा भएको छ? के माहाकालीको पुलमा नेपालको पनि भारत सरह स्वामित्व पाएको छ? र के माहाकाली नदिको पानी नेपालले चाहिएको बेला आधा-आधा पाएको छ? छैन! कदापी छैन्। नेपालले सम्झौताअनुसार माहाकाली नदिमा न त स्वामित्व पाएको छ, न त नदिमाथी कुनै किसिमको अधिकार।
ब्रीटिश उपनिवेशले भारतको कोलकातामा ईस्ट इण्डिया कम्पनीमार्फत् पूरै भारतलाई खाने काम गरेको थियो, पूरै भारतमा राज गरेको थियो। त्योभन्दा दोब्बर खतरनाक कम्पनीलाई भित्र्याउने सोच बनाएर तिमिहरू ठूलो गल्ती गर्दैछौ। हेक्का रहोस्, खाडी मुलुकका तेल खानीहरुमा आफ्नो कब्जा जमाउने कोसिस गरेका सद्दाम हुसैन मारिएका थिए। र भर्खरै ईराकका सेना प्रमुख मारिनुको कारण सायद भनिरहनु आवश्यक छैन। त्यसरी नै मारिने छौ तिमिहरू र मारिने छन् भविष्यमा आउने हाम्रा देशका राम्रा नेताहरू, मात्रा तिमिहरूको कारणले। त्यो बेला तिमिहरुको साथ-साथै मर्ने छन् देशका सच्चा सपुतहरू, गहुँमा घुन पिसिए झैँ। हामी साधरण जनतालाई त थाहा छ अमेरिकाको खेल के हो भनेर। अमेरिका एमसीसीमार्फत नेपालमा के गर्न चाहान्छ हामीहरूले राम्रोसंग बुझिसकेका छौ। तिमिहरूले किन बुझ्न नसकेको?
यसै कारण आज नेकपा भित्र फुटको स्थिति सिर्जना भइरहेको छ। अमेरिकाको उद्देश्य नै यहि हो। नेकपालाई फुटाएर सरकार ढलाउने, अमेरिका समर्थक अर्थात् एमसीसी समर्थकहरुलाई एउटै मञ्चमा ल्याएर सरकार बनाउने अनि नेपालमा आफुले जस्तो चाह्यो त्यस्तो गर्ने अर्थात् सरल भाषामा भन्नुपर्दा नेपालमा राज गर्ने, हो यहि हो अमेरिकाको दुरगामी लक्ष्य। नेपालको प्राकृतिक सम्पदामाथि एकलौटी राज गर्ने, यहि अमेरिकाको मनसाय। भाई फूटे ब्रह्माण्ड लुटे भनेको यहि हो। त्यसैले नेताहरू एक होउ, आपसमा नफुट दुईमत नराख, एमसीसी राष्ट्रघाती सम्झौता हो समयमै बुझ। भविष्यमा पछुताउन नपरोस्।
सभामुख कृष्णबहादुर महरालाई यौन दुर्ववहारको मुद्दा नगाएर पद च्यूद गरायौ। लाज त लाग्नुपर्ने तिमिहरूलाई एक निर्दोस नेतालाई फसाउन। यो कम्पनीलाई भित्र्याउने हो भने, भविष्यको इतिहासमा तिमिहरू देशद्रोही कहलिनेछौ। एउटा अर्को लाजमर्दो कुरा बालुवाटारबाट एक देशभक्त नेता भीम रावललाई मार्ने धम्की आएको छ। यो धम्की किन? के को लागि? को हो यो सूर्य थापा! राष्ट्रघाती सम्झौताको विरोध गर्दा यस्तो धम्की? वाह रे मेरो देश!  हामी सबैलाई थाहा छ, यो धम्की सूर्य थापाले दिएको धम्की होइन, प्रधानमन्त्री के.पी. शर्मा ओलीको आदेशमा आएको धम्की हो यो।

यदी प्रधानमन्त्रीको आदेश बगेर यो धम्की आएको हो भने यथाशीघ्र शुर्य थापालाई हटाउनु पार्योध। होइन भने हामिहरूले तिरेको करबाट पालिएका तिमिहरूलाई हाम्रै फेला पर्नेछौ। हामी नै बाध्य हुनेछौ तिमिहरूलाई सबक सिकाउन। भीम रावलजस्ता व्यक्तिलाई धम्की दिने हौ भने हामी जनता बम बनेर आउने छौ। तिमिजस्ता देशद्रोही नेताहरूको जरा काट्न। तिमिहरूलाइ मन्त्री बनाउनमा हाम्रो ठूलो भूमिका छ। तिमिहरु चिल्ला गाडी र हेलीकप्टर चढेर हिड्ने गर्थेउ भने हामीहरु न भोक न प्यासको वास्ता गरि तिमिहरूको लागि काम गर्थौ। तिमिहरूको लागि अहोरात्र हामी खटियौ, फलस्वरूप आज तिमिहरूलाई यो ताकत प्राप्त भएको छ। नत्र तिम्रो के हैसियत बालुवाटार जाने अनि त्यहाँबाट देशको भलो सोच्ने नेतालाई ज्यान मार्ने धम्की दिने। के तागत थियो तिमिमा एमसीसी सम्झौतामार्फत् आज सिंगो देशलाई अमेरिकाको गुलाम बनाउने प्रयत्न गर्ने? अनि गर्बका साथ भन्छौ हामी स्वाभिमानी नेपाली! के को स्वाभिमानी तिमिहरू? देशको युवा शक्तिलाई विदेश पलायन गराएर अर्काको देशमा गुलामी गराउने पनि तिमिहरू हौ।

स्वदेशमै रोजगारीको सिर्जना गर्न नसक्ने नेताहरू तिमी आज भन्छौ हामी कसैको गुलाम भएका छैनौ। नेपालको भूभाग अन्य देशले मिचेको त देखेकै छौ तिमिहरूले किम मौम बसेको? अर्काको देशमा मजदुरी गर्ने नेपाली जनतालाई गुलामी के हो भनेर? बालुवाटारमा घुम्ने कुर्चीमा बसेर भन्छौ हामी गुलाम भएनौ भनेर? जन्मभूमि नेपाल नभएर कर्मभूमि भारतमा काम गर्न बाध्य म जस्तो व्यक्तिहरूलाई सोध हामी गुलाम हो कि होइन भनेर? फेरी पनि हामीहरू स्वाभिमानी छौ, आफ्नो खूनपसीनाले आफ्नो जीविका चलाईरहेका छौ। तर तिमीहरू भने रेमिट्यान्स र करबाट आएको पैसाले आफ्नो भुडी भरिरहेका छौ। भएन भनेर नेपाली जनता र देशलाई लीलाम गर्ने फोहोरी खेल खेल्ने प्रयत्न गर्दैछौ? गर्छौ ? खबरदार अब हामी चुप लागेर बस्ने छैनौ। देशभक्त नेतालाई मार्ने धम्की अनि राष्ट्रघाती सम्झौता अब नेपाली जनतालाई कदापि सह्य हुने छैन।

(लेखक गोजुरियो करोते डो मार्शल आर्टका प्रशिक्षक हुनुहुन्छ)

नोटः सम्बन्धित विचार लेखक स्वयमको हो, यसमा पब्लिकेशनको सहमति हुन आवश्यक छैन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...