HomeFeatureरास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले सम्हाले २ मन्त्रालयको जिम्मेवारी  

रास्वपाका ३ मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीले सम्हाले २ मन्त्रालयको जिम्मेवारी  

काठमाडौं, 6 फरवरी 2023

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष बुझाएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्तिमार्फत तीनै जनाको राजीनामा स्वीकृत भएको जानकारी गराउँदै २ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई तोकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आइतबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए । उनीहरुको राजीनामा स्वीकृत भएसँगै रिक्त २ मन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन् । रिक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय प्रचण्डले सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...