काठमाडौं,15 नोभेम्बर 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। उनीसँगै दाइ हरिशरण लामिछानेले पनि लक्ष्मी र दुर्गाको हातबाट टीका लगाएका हुन्।

तस्वीरहरू सार्वजनिक गर्दै लामिछानेले लेखेका छन्, ‘दिदीहरू लक्ष्मी र दुर्गा बाट भाइटीका लगाइयो। मेरी दिदीहरूलाई सबै देवी देवताहरूले रक्षा गरून्।’
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो। भाइटीकाको उत्तम साइत बिहान १०:५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ।









































