HomeFeatureरिन्चेबुङ क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाः मुख्यमन्त्री गोले

रिन्चेबुङ क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजनाः मुख्यमन्त्री गोले

सिक्किम, 4 जनवरी / के.एन. शर्मा

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले एसडीएफ पार्टी फेरि सरकारमा आउँछ भन्नु समाधिमा राखिएका पुर्खाहरु उठेर आउनुसरह भएको बताउनुभएको छ। उहाँले रिचेबुङ क्षेत्रबाट आफ्नो पार्टी हारेपनि सरकारमा पुगेको भन्दै यस क्षेत्रमा धेरै विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। पश्चिम सिक्किमको रिन्चेबुङ निर्वाचन क्षेत्रअन्तर्गत श्रीबदाममा आयोजित कार्यक्रमको पहिलो इन्द्रेणी ट्राउट महोत्सवको समापन समारोहमा मुख्यमन्त्रीले भन्नुभयो, “मेरो राजनीतिक यात्रा यसै रिन्चेबुङ निर्वाचन क्षेत्रबाट शुरु भएपनि पश्चिम सिक्किमको यसै क्षेत्रबाट हामी हारेका छौँ तर यस क्षेत्रमा हामी ध्यान दिएर काम गर्नेछौं।”  उहाँले सिक्किमको ट्राउड माछा पालनमा श्रीबदामले विश्व बजारमा आफ्नो स्थान राखेकोमा हर्ष व्यक्त गर्नुभयो। रिन्चेबुङ क्षेत्रलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न सरकार लागिपरेको उहाँको भनाइ छ।

मुख्यमन्त्री गोलेले पहिलेको सरकारले गरिब भनेर भाषण गर्थ्यो तर हामी गरिब भनेर भाषण मात्र नगरेर काम गरेर देखाउने बताउनुभयो। यसै रिन्चेबुङ क्षेत्रको श्रीबदाममा संचालन भएको रेन्बो ट्राउड ग्रोस सोसाइटीलाई मुख्यमन्त्री कोशबाट 5 लाख रूपैयाँ प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। श्रीबदाममा  लाफिङ बुद्धको मुर्ति निर्माण गर्ने मागलाई पनि मुख्यमन्त्रीले स्वीकार गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री लोकनाथ नेपालले सिक्किममा कृषि व्यवसाय र पशुपालनको विषयलाई अघि बढाएर ग्रामीण स्तरका कृषकहरुलाई प्रोत्साहन गर्ने बताउनुभयो।

यस अघि कार्यक्रम आयोजक समितिका प्रमुख संरक्षक तथा क्षेत्रका प्रभारी फुर्वा छिरिङ भोटियाले आफ्नो स्वागत सम्बोधनमा क्षेत्रका विभिन्न माग राख्नुभएको थियो।

माछा पालन निर्देशक सुनिल प्रधानले ट्राउट फार्मिंग र यसका फाइदाहरूको बारेमा जानकारी दिँदै क्षेत्रमा अनुकुल मौसम र किसानहरूको प्रयासका कारण श्रीबदाममा ट्राउट फार्मिंग फ्लोरिंग भइरहेको बताउनुभयो।

मुख्यमन्त्रीले महोत्सवमा लगाइएका विभिन्न स्टलहरूको अवलोकन गर्दै जिप लाइनिङ, बर्मा बृज, प्याराग्लाइडिङलगायत अन्य पर्यटनसम्बन्धि स्टलहरूको अवलोकन गर्नुभयो।

कार्यक्रममा मुख्यमन्त्रीले क्षेत्रका लगनशील कृषकहरूलाई टोकन वितरण गर्नुभएको थियो। कार्यक्रममा खुल्ला भलिवल प्रतियोगितासहित सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...