गेजिङ १४ जनवरी / केएन शर्मा
पश्चिम सिक्किम जिल्लाको याक्सोम टाशीडिङ निर्वाचन क्षेत्रको रिम्बी सेवारो रक गार्डनमा सम्पन्न भइरहेको जिल्ला स्तरीय रिम्बी माघे मेलामा सिक्किमका मुख्यमन्त्री पी.एस.गोले आज प्रमुख अतिथिको रूपमा उपस्थित रहनु भयो। उहाँले सर्व प्रथम विभिन्न जातिय परम्पारीक घरको निरिक्षण भ्रमण गर्दै खानपानको स्वाद लिएपछि कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा स्वागत सम्बोधन राख्दै आयोजक समितिका अध्यक्ष बसन्त तामाङले यो मेला विगत धेरै साल अघिदेखि यहाँ सञ्चालन हुँदै आइरहेको र अचानक बिचमा आएर यो मेला बन्द भएको बताउँदै पुनः यसलाई उजागर गर्ने यसवर्षदेखि जिल्ला स्तरीय रूपमा पालन गरिरहेको बताउनुभयो । उहाँले यस स्थानलाई पर्यटकीय स्थलसँगै बन भोज स्थलमा परिणत गर्ने विभिन्न मागहरू राख्नुभयो । आजको कार्यक्रममा गत चोङमा भएको प्रकृति प्रकोपमा सहयोग पुर्याउनेहरूलाई धन्यवाद पत्रले मुख्य अतिथिको बाहुलिबाट सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पी.एस.तामाङले यो कार्यक्रमलाई सफल पार्न समितिलाई सहयोग पनि दिएको बताउँदै याक्सोम टाशीडिङ निर्वाचन क्षेत्र त्यसै त पछौटे क्षेत्र हो तर यहाँ के गर्नु जरुरी छ त्यस विषयमाथि बुझ्न अनि सुझाव लिन आएको उहाँले बताउनु भयो । घोषणापत्रको आधारमा हामी काम गर्नेछौं भन्दै मुख्यमन्त्रीले फरवरी महिनामा यस निर्वाचन क्षेत्रको धुपि डाँडा पुनः आउने वचन दिनुभयो ।

सरकारलाई सहि बाटोमा हिडाउने काम हामी गर्दैछौं, पहिलाको सरकार भनेको दुर्घटना भएको जस्तो थियो लथालिङगै अवस्थामा तर हामी चाहान्छौं विभाग र सरकारलाई सहि बाटोमा हिडाउँने कोशिश भइरहेको बताउनुभयो । मुख्यमन्त्रीले अबको काम भनेको पछौटे निर्वाचन क्षेत्रबाट विकासको कामहरू शुरूवात गर्ने बताउनुभयो । यो स्थान चर्चित पर्यटकीयस्थल हुन सक्छ यसलाई हामीले विकास गरेर लानु पर्ने सुझाव राख्दै उपस्थित मन्त्रीहरूलाई पनि विभागको तर्फबाट पछौटे निर्वाचन क्षेत्रबाट काम गरिदिन भन्नुभयो । हाम्रो सरकार शिक्षीत युवाहरूलाई विभिन्न योजना दिएर ठेल्न आउदैछौं तर हाँगा समाउन सक्नुपर्ने सुझाव सल्लाह दिनुभयो । प्रत्येक निर्वाचन क्षेत्रमा १ सय घर पहिलो चरणमा दिने अनि २०० घरमर्मतका लागी रकम दिने वचन दिनुभयो। उहाँले पार्टी कार्यकर्ताको सूचि मेरो डायरीमा छैन तर दिलमा छ भन्दै उहाँले जति पनि सरकारबाट सहुलियत जारी हुन्छ चाहे जुनसुकै पार्टीको हाे गरिबलाई पहिला दिनु पर्ने र अनि मात्र कार्यकर्ताको पालो आउने बताउनु भयो । उहाँले सरकार घर घरमा ल्याउने योजनाहरू तयार भइरहेको बताउनुभयो ।

पवन चामलिङको माइलो छोरा आज विधार्थीहरूको पैसा खाएर फरार रहेको र त्यसमा चामलिङ र उनकी धर्म पत्नी पनि सामेल रहेको भन्दै खाएको पैसा जतिको हर हिसाब खोजेर जनतामा फर्काउने वचन दिनुभयो।









































