HomeFeatureरुकुम घटनाको छानविन गर्न संसदीय विशेष समिती गठन

रुकुम घटनाको छानविन गर्न संसदीय विशेष समिती गठन

काठमाडौ, 8 जुन 2020

रुकुम पश्चिममा भएको जातिय विभेद विरुद्धको घटनाको छानविन गर्न संसंसदीय विशेष समिति गठन भएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले रुकुम पश्चिमको घटनाको सत्य तथ्य अध्ययन गर्नका लागि संसदीय विशेष समिति गठन गरिएको जानकारी गराउनुभएको हो ।

सभामुखले बैठकको सहमतिका लागि प्रस्तुत गर्नभएको प्रस्तावमा भनिएको छ “रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडानम्बर ८ सोतीमा मिति २०७७ जेठ १० गते घटेको घटनाको सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा प्रश्न उठेको र उक्त घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न विशेष समिति गठन गर्ने सम्बन्धमा मैले सदनलाई जानकारी समेत गराईसकेको हुँदा तत् सम्बन्धमा प्रतिनिधिसभा नियमावलि २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गर्नको लागि समितिमा रहनुहुने माननीय सदस्यहरुको नामावली सहितको प्रस्ताव प्रस्तुत गर्दछु । ”

बैठकले विशेष समिति गठन सम्बन्धी प्रस्तावमा सहमति जनाएको थियो ।

सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा गठित “चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति ”मा सांसदहरु एकवाल मिर्याँ, दुर्गा पौडेल, पार्वती कुमारी बिशुन्के, प्रकाश रसाईली स्नेही , बिमला बिक, महेश्वरजंग गहतराज अथक, मिन बहादुर विश्वकर्मा र रामसहाय प्रसाद यादव सदस्य छन् ।

समितिलाई कार्यप्रारम्भ भएको मितिले ३० दिनको समय दिईएको छ । सभामुखको निर्देशनमा रही समितिले आफ्नो कार्यविधि आफै बनाउने छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...