HomeFeatureरुसले आक्रमण गर्न लागेको भन्दै युक्रेन जाने उडानहरू रद्द

रुसले आक्रमण गर्न लागेको भन्दै युक्रेन जाने उडानहरू रद्द

काठमाडौं, 14 फरवरी 2022

युक्रेनमाथि कुनै पनि बेलामा रुसले आक्रमण गर्न सक्ने भन्दै केही विमान कम्पनीहरूले युक्रेनका लागि उडान रद्द गरेका छन् ।  तर व्यापारिक उडानका लागि आफ्नो हवाईक्षेत्र खुला राख्न युक्रेनले करोडौं रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ । विमान कम्पनीहरूले युक्रेनतर्फको उडान निलम्बन गरेपछि युक्रेन सरकारले पनि रुसी नागरिकहरूलाई देश प्रवेश गर्न रोक लगाएको छ ।  युक्रेनको विमान स्काईअपको स्वामित्व भएको कम्पनीले विमानलाई युक्रेनी हवाईक्षेत्रमा प्रवेश गर्न नदिएपछि आइतवार विमान मोल्दोभातर्फ डाइभर्ट गर्नुपरेको थियो ।  युक्रेनबाट बाहिर जाने र भित्र आउने उडानहरूलाई सोमवारबाट ग्राउन्डेड गरिने जनाइएको छ ।  युक्रेनको भौतिक पूर्वाधार मन्त्रालयले विमानसेवाहरू कुनै बाधाअवरोध विना नै सञ्चालनमा रहेको जनाएको छ । युक्रेनी प्रधानमन्त्री देनिस श्मिगलले देशको हवाईक्षेत्र हुँदै उडान जारी राख्नका लागि १६.६ अर्ब हृव्निया (युक्रेनी मुद्रा) छुट्ट्याइएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...