नयाँ दिल्ली, 2 जुन 2020
कोरोना भाईरसका कारण विश्वभरि अहिलेसम्म लगभग 3 लाख 78 हजारको मृत्यु भइसकेको छ भने करिब 63 लाख 96 हजार 2 सय 78 जना यसबाट संक्रमित भएका छन । विश्वभरका वैज्ञानिकहरु यस भाईरस विरुद्धको खोप बनाउन व्यस्त भएपनि अहिलेनै सकारात्मक परिणाम कसैले पाउन सकेका छैनन । तर अहिले रुसबाट भने एउटा राम्रो समाचार आइरहेको छ ।
कोरोना महामारीले नराम्ररी प्रभावित भएको रुसले COVID-19 विरुद्ध तयार गरेको पहिलो औषधीलाई अनुमति दिने भएको छ । सो औषधीको प्रयोग अर्को साताबाट शुरू गरिनसक्छ । रूस सरकारका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीका अनुसार यस कदमले स्वास्थ्य प्रणालीमा दबाव कम हुनेछ ।
रूसको आरडीआईएफ सोवरेन वेल्थ फण्डका प्रमुखले दिएको एक अन्तर्वातामा अस्पतालहरुले Avifavir नामले दर्ता भएको एण्टीवाईरल ड्रग विरामीहरुलाई दिन शुरु गर्न सक्नेछन । उनले औषधी बनाउने कम्पनीले एक महीनामा लगभग 60 हजार मानिसहरुको उपचारका लागि पर्याप्त औषधी उत्पादन गर्ने बताएका छन ।
COVID-19 को अहिलेसम्म कुनै सफल खोप बनेको छैन । कोरोना भाईरस संक्रमित विरामीमा अहिलेसम्मका कुनै पनि एण्टीवाईरल औषधीको मानव परीक्षणमा खाशै सफलता मिलेको छैन ।
GILD. O कम्पनीको रीमेड्सविर नामक नयाँ एण्टीवाईरल औषधीले सानोस्तरमा COVID -19 विरुद्ध सकारात्मक परिणाम दिएको छ । केही देशहरुमा रोगीहरुलाई आपातकालीन उपयोग नियम अन्तर्गत यो औषधी दिइदैछ । आरडीआईएफका प्रमुख किरिल दिमित्रिजले 330 जना विरामीमा गरिएको औषधीको क्लिनिकल परीक्षणमा चार दिनमै धेरैजसो विरामी सञ्चो भएका छन ।









































