HomeFeatureरूस, युक्रेन र बेलारूसका अभियन्तालाई यो वर्षको नोबेल शान्ति पुरस्कार

रूस, युक्रेन र बेलारूसका अभियन्तालाई यो वर्षको नोबेल शान्ति पुरस्कार

काठमाडौं, 7 अक्टूबर 2022

यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसका मानवाधिकारकर्मी एलेस बिअलिआत्स्की र युक्रेन तथा रुसको दुईवटा मानवअधिकारवादी संस्थालाई प्रदान गरिने भएको छ । रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई प्रदान गर्ने घोषणा गरिएको छ ।नोबेल कमिटीले यो वर्षको शान्ति पुरस्कार नागरिक समाजलाई प्रतिनिधिहरूलाई प्रदान गरिएको जनाएको छ ।

‘उनीहरूले वर्षौंदेखि शक्तिको आलोचना गर्ने अधिकारको प्रवर्द्धन र नागरिकको आधारभूत मानवअधिकारको संरक्षण गर्दै आएका छन्‚’ पुरस्कार कमिटीले भनेको छ, ‘उनीहरूले युद्ध अपराध, मानवअधिकार उल्लंघन र शक्तिको दुरुपयोग सम्बन्धलाई दस्तावेजीकरण गर्न विशिष्ट भूमिका खेल्दै आएका छन् ।’

उनीहरूले शान्ति तथा प्रजातन्त्रका लागि नागरिकता समाजको महत्त्वलाई प्रदर्शित गरेको कमिटीले जनाएको छ ।

मानवाधिकार तथा प्रजातन्त्रलाई विकसित गर्न युक्रेनी मानवअधिकार संस्था सेन्टर फर सिभिल लिबर्टी स्थापना गरिएको हो । यसै वर्षको फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि रुसबाट भएका मानवाधिकार उल्लंघनका घटनाहरूको दस्तावेजीकरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...