मोरङ, 3 फरवरी, 2020
मोरङको सुन्दरहरैँचा नगरपालिका 10 जरुवामा ट्रिप्परको ठक्करबाट साईकल यात्रीको ज्यान गएको छ। आज बिहान प्रदेश 1 –02–001 ख 8109 नम्बरको ट्रिप्परले साईकललाई ठक्कर दिँदा घाईते भएका स्थानीय बाबुराम कार्कीको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका 5 खैरीमा बिहान ट्याक्टर पल्टिदा चालकको ज्यान गएको छ। लु 1 त 7266 नम्बरको ट्याक्टर पल्टिदा शिवराज नगरपालिका 5 का हर्कमान चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।









































