नयाँ दिल्ली, 15 जनवरी 2020
भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्मा आईसीसीको “2019 एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटर अफ द इयर” घोषित भएका छन्। रोहित शर्माले 2019-मा दस शतक प्रहार गरेका छन् जसमध्ये उनले पाँच शतक विश्वकप खेलमा प्रहार गरेका थिए।
त्यस्तै भारतीय कप्तान विराट कोहली “स्पिरिट अफ क्रिकेट” पुरस्कारको लागि चुनिएका छन्। कोहलीले विश्वकपमा अस्ट्रेलिया विरूद्धको एउटा म्याचमा स्टीव स्मिथमाथि अभद्र टिप्पणी गर्नबाट प्रशंसकहरूलाई रोकेका थिए।
विश्वकपमा इङ्गल्याण्डको अल राउण्डर खेलाडी बेन स्टोक्स-लाई “सर गारफिल्ड सोबर्स ट्रफी”-को लागि नामित गरिएको छ।









































