रौतहट,१६ मार्च, २०२०
रौतहटमा सशस्त्र प्रहरीको गस्ती टोलीले चाइनिज र घरेलु पेस्तोलसहित १ व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको फतुवा बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको टोलीले चेकजाँचको क्रममा उक्त हतियारसहित मानिसलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट साबिक राजपुर तुलसी गाविस ९ हाल यमुनामाई गापा ३ राजपुर तुलसी ३ का ४९ वर्षीय शेख बैतुलाह रहेको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा प्रमुख एसपी रविनराज कर्णजितले बताए ।
बैतुलाहको साथबाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बौल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान, मोबाइल २ थान, घडी १ थान, नगद ३,४८० र केहि बिदेशी र भारतीय रकम नागरिक्ता,सवारी चालक अनुमतिपत्र सहित बरामद भएको एसपी कर्णजितले जनाएका छन् ।









































