HomeFeatureरौतहटमा बाबुको हत्या आरोपमा युवक पक्राउ

रौतहटमा बाबुको हत्या आरोपमा युवक पक्राउ

रौतहट, २३ फरवरी,२०२०
रौतहटमा आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

गत २८ माघमा रौतहटको दुर्गा भगवती गाँउपालिका ३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित कुम्हारको सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
गाइबस्तु बाँध्ने गोठसँगै रहेको छाप्रोमा सुतेका फेकनको अनुहार, टाउको र छातीमा हतौडाले हानिएको र धारिलो हतियारले अनुहार र घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले हत्या आरोपमा फेकनका छोरा २५ वर्षका राजकुमार पण्डितलाई पक्राउ गरेको छ । उनले हत्या आरोप स्वीकारेका छन् ।

आफ्नी पत्नीसँग आपत्तिजनक अवस्थामा देखेपछि रिस थाम्न नसकी बाबुको हत्या गरेको अभियुक्तले बताएका रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले बताए ।

राति ३ बजे बाबुको हत्या गरेपछि राजकुमारले पुनः घर आएर कपडा फेरेर गोठमा गएका थिए । उनले बिहान ५ बजे बाबुको हत्या भएको भन्दै गाउँले र प्रहरीलाई खबर गरेका थिए ।

पक्राउ परेका पण्डितलाई मुलुकी अपराध संहिता २०७४ को ज्यान सम्बन्धी कसुर अन्र्तगतको मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...