रौतहट,१७ मार्च, २०२०
रौतहटमा धारिलो हतियार खुकुरी प्रहार गरेर आफ्नै भाउजूको हत्या गर्ने प्रयास गरेको आरोपमा देवर पक्राउ परेका छन ।
रौतहटको यमुनामाई गाँउपालिका १ की पुनम सहनीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा उनकै देवर राजुकुमार सहनीलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै कोठामा सुती रहेकी पुनमलाई बिहान ४ बजेको समयमा सहनीले खुकुरी हानेर हत्या गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।
घरायशी विवादका कारण भाउजूलाई टाउकोमा खुकुरी हानेको सहनीले प्रहरी समक्ष स्वीकार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । पक्राउ परेका सहनीका साथबाट घटनामा प्रयोग भएको रगत लागेको खुकुरी समेत बरामद भएको उनले बताए ।









































