HomeFeatureलकडाउनका कारण मृगौला पीडित पत्रकार बी.के. पाल्पालीको परिवार आर्थिक समस्यामा, औषधीको समेत...

लकडाउनका कारण मृगौला पीडित पत्रकार बी.के. पाल्पालीको परिवार आर्थिक समस्यामा, औषधीको समेत अभाव

काठमाण्डौँ, 29 अप्रेल

कोरोना भाइरस (कोभिड–19) संक्रमण रोकथामका लागि लकडाउन लागू भएसँगै मृगौला पीडित पत्रकार विजय कुमार पोखरेल (बी.के. पाल्पाली) को परिवार आर्थिक समस्यामा परेको छ। लकडाउनले काम गर्न नपाएपछि पत्रकार पाल्पालीको उपचार खर्च जुटाउन समस्या भएको उहाँकी श्रीमति रेणुका भट्टराईले बताउनुभयो। यस्तै घरमा खाद्यान्नको समेत समस्या भएको भट्टराईले बताउनुभयो। लकडाउन लम्बिदै गएपछि समस्या पनि थपिदै गएको उहाँले बताउनुभयो। आर्थिक समस्या परेपछि पत्रकार पाल्पालीले खाने औषधिको अभाव भएको छ, भने बालबच्चालाई भोकै सुताउनुपर्ने अवस्था आएको भट्टराईले बताउनुभयो। साहित्यकार समेत रहनुभएका पाल्पाली दुवै मृगौला फेल भएपछि 2070 साल यता उपचार गराउँदै आउनुभएको छ। आफु पनि मधुमेहको बिरामी भएकोले अझै बढी समस्या आएको श्रीमति भट्टराईले बताउनुभयो।

पाल्पाली नेपाल बोर्डर साप्ताहिकका प्रकाशन तथा सम्पादक हुनुहुन्छ। पाल्पालीलाई अहिले हप्तामा तीन दिन डाइलासिस गर्नुपर्छ। चिकित्सकको सल्लाह अनुसार सी.ए.पी.डी. विधि अनुसार घरमै डाइलासिस हुँदै आएको छ। तर लकडाउनले आम्दानी नभएको र सी.ए.पी.डी. डाइलासिस गर्ने औषधि खरिद गर्न नसकेको दुखेसो भट्टराईले पोख्नुभयो। पाल्पालीको परिवार भक्तपुरको सूर्य विनायक नगरपालिकाको सिपाडोलमा बस्दै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...