HomeFeatureकोरिया जाने नेपाली बोकेर बैशाख 18 मा सियोल उड्दै नेपाल एयरलाइन्स

कोरिया जाने नेपाली बोकेर बैशाख 18 मा सियोल उड्दै नेपाल एयरलाइन्स

काठमाण्डौँ, 28 अप्रेल

बिदामा नेपाल आएका र कोरियाको भिसा लागेर पनि जान नपाएका नेपालीहरू लकडाउनकै बीच कोरिया जान पाउने भएका छन्। बैशाख 18 गते नेपाल एयरलाइन्सको वाइडबडी जहाज कोरियाको राजधानी सियोल उड्ने भएको हो। गैरआवासीय नेपाली संघ (एनआरएन) कोरियाको चार्टर्डमा यो जहाज कोरिया जान लागेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभएको छ।

‘कोरिया जाने नेपाली नागरिक बोकेर जहाज उड्ने पक्का भएको छ, उहाँले भन्नुभयो, ‘यात्रु संख्या भने अझै टुंगो लागिसकेको छैन।’ यसअघि मन्त्रीपरिषद् बैठकले कोरिया जान अड्किएका नेपालीलाई लकडाउनकै अवधिमा समेत जान दिने गरी निर्णय गरेको थियो।

यससँगै उनिहरुलाई कोरिया जाने बाटो खुलेको हो। प्रवक्ता खड्काका अनुसार ए-330 जहाज 19 बैशाखको बिहान 10 बजे कोरियाको सियोलस्थित इङचोन विमानस्थलका लागि उड्नेछ।

सो विमान भोलिपल्ट बिहान 1 बजे काठमाण्डौँ अवतरण गर्ने कार्यक्रम रहेको छ। नेपालमा विदेशबाट मानिस आउन भने प्रतिवन्ध छ। त्यसकारण जहाज रित्तै नेपाल फर्कने छ। लकडाउन शुरु भएयता नेपाल एयरलाइन्सले आन्तरिक तथा बाहृय गरी झण्डै 2 दर्जन चार्टर्ड उडान गरिसकेको छ।

कोरियाको भिसा रहेका बिदामा आएका नेपाली कामदारलाई विमान चार्टर गरी कोरिया पठाउन दिने निर्णय बैशाख 14 गते बसेको मन्त्रीस्तरीय बैठकले भएको श्रम मन्त्रालयले जनाएको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत बिदामा आएका इच्छुक कामदारलाई विमान चार्टर गरी पठाउन लागिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले बताउनुभयो। त्यसका लागि इच्छुक कामदारले वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखामा सम्पर्क राख्न अनुरोध गरेको छ।

नेपालमा व्यवसायिक उडानमा प्रतिवन्ध लागेको 1 महिना पुगिसकेको छ। पछिल्लो समय 2 जेठसम्म यस्तो प्रतिवन्ध कायम छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...