HomeFeatureलकडाउनको आज 53 औँ दिन पूरा, प्रहरीद्वारा चेकजाँचमा थप कडाई

लकडाउनको आज 53 औँ दिन पूरा, प्रहरीद्वारा चेकजाँचमा थप कडाई

काठमाण्डौँ, 15 मई 2020

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज 53 दिन पुगेको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत 11 गते यता देशभर लकडाउन गरेको छ। लकडाउनका कारण जनजीवन प्रभावित भएको छ। लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो। त्यस्तै उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न 42 प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय समेत गरेको थियो। तर फेरी कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई कडाई गरेको छ।

शुक्रबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई पारेको देखिएको छ। प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। अत्यावस्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ। उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य पसलहरु खुलेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म 258 जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ। जसमध्ये 35 जना निको भएका छन भने 272 जना आइसोलेसनमा रहेका छन्। अहिलेसम्म 22 हजार 673 पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने 62 हजार 327 जनाको आरडीटी परीक्षण भएको छ। अहिले देशभर 15 हजार 600 जना क्वारेन्टाइनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...