नयाँ दिल्ली, २०, बैशाख २०७७
लकडाउन एकपछि अर्को अवधि गर्दै ४० दिनसम्म हैन लगातार २ महिना बढ्ला भन्ने कल्पना पनि गरेनन्, दिल्लीमा कार्यरत प्रवासी नेपालीहरुले ।
लकडाउनको सुरुवाती समयदेखि नै दिल्लीमा सामान्य मजदुरी गर्नेहरुमा यसले समस्या देखायो । दिल्लीमा रहेका सामाजिक संघ सँस्थाहरु आ–आफ्नो क्षमता अनुसार अग्रसर भएर कृयाशील भए ।
यहि कृयाशील हुने क्रममा सुपा देउराली टुर एण्ड ट्रावल्स (लाजपतनगर) पनि अछुतो रहन सकेन । सुरुदेखि नै ट्रावल्सका तुलाराम शर्मा सक्रियताका साथ अग्रसर भए ।
विभिन्न संघ सँस्थाका सक्रिय एवम् कृयाशील सामाजिक अभियन्ताहरुसँग सम्पर्क साधेर पिडितको घर दैलोमा पकाएका खाना २ वटा गाडीमा बोकेर सुपा देउराली ट्रावल्सले दैनिक पुर्याउने काम जारि राखेको छ । उनीहरु करिब ६०० जनालाई दिनहु खाना पुराउने गरेको वताउछन ।
ट्रावल्सका काकास रुट इन्चार्ज राजु कुँवरले गराएको जानकारी अनुसार २४० जनालाई सुभाष नगरमा, १५० जनालाई पटेल नगरमा र ओखला फेस दुईमा १५० जनालाई सुरुदेखि दैनिक रुपमा पाकेको खाना पुर्याउने गरेका छन ।
उनका अनुसार कहिले काही अर्थात समय समय समयमा माँडल टाउन १५० जना, सकुरपुरमा २५० जना, रानी बागमा १५० जना, कपासहेडामा १०० जना, साहिबाबादमा ५० जना र रोहिणीमा १२० जनालाई संघ सँस्थाहरुले भनेको समयमा खाना पुर्याउने काम गरिएको छ ।
र ट्रावल्सको तर्फबाट दुई जना ड्राईबरलाई दैनिक ५०० का दरले भुक्तानी गरेको कुरा कुँवरले थप जानकारी गराए ।
यस कार्यका लागि तुलाराम शर्माका साथ संजय सम्राटले समेत सहयोगी भुमिका निर्वाह गरिरहेको वताउदै कुँवरले शोभाखर पन्थीको समेत सक्रियता रहेको वताए ।
शर्मा सुपा देउराली टुर एण्ड ट्रावल्सका महासचिव तथा पन्थी सचिव हुन भने, सम्राट दिल्ली टुरिष्ट ट्याक्सी युनियनका अध्यक्ष रहेको बुझिएको छ ।









































