HomeFeatureलकडाउन वेवास्ता गर्दै टूर एण्ड ट्राभल्सको व्यापार, सयौं नेपालीहरु अलपत्र, कसरी हुन्छ...

लकडाउन वेवास्ता गर्दै टूर एण्ड ट्राभल्सको व्यापार, सयौं नेपालीहरु अलपत्र, कसरी हुन्छ व्यवस्थापन

भैरहवा, 30 मार्च, गोविन्द पोखरेल

नेपाल-भारत बस सञ्चालन गर्दै आएका टूर एण्ड ट्राभल्सकै कारण सयौं नेपालीहरु अहिले अलपत्र परेको खुल्न आएको छ । कोरोना भाइरस महामारीलाई रोकथाम गर्नका लागि भारत र नेपाल सरकारले लकडाउन गरेका कारण कुनै पनि सवारी साधन चलेका छैनन । तर केही टूर एण्ड ट्राभल्सले मनोमानी ढंगले भारतमा रहेका नेपालीहरुलाई सीमामा अलपत्र पारेको खुल्न आएको छ ।

कोरोना भाईरसबाट बच्ने एकमात्र उपाय सामाजिक दूरी भएको भएपनि केवल पैसा कमाउने नाममा सयौं मानिसहरुको ज्यानलाई जोखिममा हाल्दै टूर एण्ड ट्राभल्सहरुले उनिहरुलाई अलपत्र पारेका छन ।

लकडाउन भएको एक हप्ता नाघ्दा समेत अहिले सीमामा भारतका विभिन्न स्थानबाट सयौंको संख्यामा नेपालीहरु पुगेका छन । नेपाल सरकारले उनिहरुको क्वारेन्टाइनको व्यवस्था नगरेकाले नेपाल प्रवेश गर्न नदिने भनिहरेको छ । भारत सरकारले सबैका लागि लकडाउन लगाएको अवस्थामा हरेक व्यक्तिहरु घरमै रहेको अवस्थामा सीमामा नेपालीहरु अलपत्र पर्नुमा केवल टूर एण्ड ट्राभल्स जिम्मेवार भएको नेकपाका केन्द्रीय कार्यालय सचिव गोपाल थापाले बताउनु भएको छ ।

टूर एण्ड ट्राभल्स वालाहरुले नेपाली दूतावास, नेपाल सरकारको गृह मन्त्रालय र भारत सरकारको अनुमति बिना एउटै बसमा 105 जनाभन्दा धेरै यात्रु बोकेर सयौं नेपालीहरुलाई सुनौली नाकामा पुऱ्याएको थापाले बताउनु भयो ।

थापाले यद्धपी सीमामा फसके नेपालीहरुको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायमा छलफल चलिरहेको थापा बताउनु हुन्छ । त्यसैगरि नेकपाका भारत प्रवास संयोजक लोकनाथ भण्डारीले यस्ता गैर जिम्मेवार ट्राभल्सवालाहरुको परमिट खारेज गर्न पहल गर्ने समेत बताउनुभयो ।

दिल्लीस्थित नेपाली राजदूतावास र नेपाल सरकारको जानकारी बिना उनिहरुलाई सीमामा अवपत्र पारेकाले उनिहरुलाई नेपाल पस्न दिन नसक्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भनेको छ । साथै उनिहरुको खाने-व्यवस्थाको जिम्मा पनि उनिहरुलाई लिएर आउने टूर एण्ड ट्राभल्स वालाले गर्नुपर्ने बताएको छ ।

कसरी हुन्छ त अलपत्र परेकाहरुको व्यवस्थापन ?

लकडाउनबारे भारत सरकारको सर्कुलर, दिल्लीस्थिल नेपाली दूतावास र विभिन्न नेपाली संगठनहरुको विज्ञप्तिका साथै नेशनल लाईवले पनि समाचार मार्फत पटक-पटक लकडाउन पालना गरि समस्यामा नपर्न नेपालीहरुलाई आग्रह गर्दै आएको भएपनि टूर एण्ड ट्राभल्सको लालचका कारण करिब 4 सय जना नेपालीहरु सुनौली सीमा नजिक रोडवेज डिपोमा अलपत्र परेका छन । उनिहरु मध्ये अधिकांश अर्घाखाँची, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी र कपीलवस्तु लगायतका ठाँउका वासिन्दा छन । उनिहरु त्यहाँ 2 दिनदेखि अलपत्र परेका छन। उनिहरुलाई खानापिनाको समस्या छ ।

जेसुकै भए पनि अन्ततः उनिहरु नेपाली भएकाले उनिहरुलाई मर्नका लागि पनि त्यसरी छोड्न नहुने नेजस उत्तर भारतकी अध्यक्ष सुनिता जीसी कुँवर बताउनुहुन्छ । उनिहरु 14 दिनको क्वारेन्टाइमा बस्न तयार भएकाले उनिहरुलाई सीमा भित्र पस्न दिएर उनिहरुलाई बचाउनुपर्ने कुँवरले बताउनुभयो ।

हुन त कुनै पनि मानिसले आफुलाई आफ्नो घरभन्दा पर कहिलै सुरक्षित ठान्दैन। तर कोरोनाको रोकथामका लागि पुरै विश्वलेनै सतर्कता अपनाएका बेला नेपाल सरकारले गरेको कडाईमा तपाई-हामीले साथ दिनु अत्यावश्यक छ । यसले तपाई-हामीलाई मात्रै नभएर हाम्रो गाँउ, शहर र देशलाई यस विषम परिस्थितिबाट बचाउनेछ ।

हामी नेशनल लाईव मार्फत फेरि पनि सबै नेपालीहरुलाई आफु रहेकै ठाँउमा सुरक्षित रहन पुनः आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...