HomeFeatureलगानी बोर्डद्वारा तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत

लगानी बोर्डद्वारा तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत

काठमाण्डौ, 11 नोवेम्बर 2020

लगानी बोर्डले तीनवटा परियोजनाका लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ। बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको ४५ औं बैठकले तीनवटा जलविद्युत परियोजनाको लागि ३८ अर्ब ६५ करोड रुपैयाँ लगानी स्वीकृत गरेको हो। बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण हुन लागेको ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत परियोजनाका लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत परियोजनाका लागि १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँ र ६५ मेगावाटको दुधखोला जलविद्युत परियोजनाका लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको लगानी स्वीकृत भएको बताउनुभयो ।

बैठकले सार्वजनिक निजी साझेदारी अवधारणामा सञ्चालित ९ सय मेगावाटको अरुण तेस्रो परियोजनाको पावरहाउस देखि ड्यामसाइड सम्मका लागि गठित मुआब्जा अध्ययन समितिको म्याद थप गर्ने निर्णय गरेको पनि भट्टले बताउनुभयो। यस्तै बोर्डको क्षमता अभिवृद्धि तथा संस्थागत विकासका लागि परियोजना बैंक र विभिन्न सरोकारवाला निकायहरुसँग परामर्श गरी बोर्डको रणनीतिक योजना तयार गर्ने सम्बन्धमा समेत बैठकमा छलफल भएको छ।

लगानीकर्तालाई एकलविन्दु सेवा केन्द्रद्धारा सहज र शीघ्र सेवा प्रदान गर्नेगरी स्वचालित बनाउने र नलेज म्यानेजमेन्ट पोर्टलको स्थापना गरी उपयोग गर्ने सम्बन्धमा समेत छलफल भएको भट्टले बताउनुभयो। बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्युत उत्पादनसँगसँगै विद्युत खपतको आयोजना तयार पार्न समेत बोर्डलाई निर्देशन दिनुभएको पनि भट्टले बताउनुभयो। यसबाहेक बैठकमा बोर्डद्धारा प्रवद्र्धन र सहजिकरण भएका परियोनाहरुको कार्यान्वयनको अवस्था र बोर्डका गतिविधिको सम्बन्धमा समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...