HomeFeatureलघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु

काठमाडौं, 11 अप्रैल 2022

लघु उद्यमीहरूको दुई दिने राष्ट्रिय सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ । सम्मेलनको नेपाल राष्ट्र बैङ्कका कामु गभर्नर डा.निलम ढुङ्गाना तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।  सम्मेलनमा देश भरका ७७ वटै जिल्लाका करिब ८ सय लघु उद्यमी संस्थाहरूका प्रतिनिधिहरूको सहभागिता रहेको छ  सम्मेलनको उद्घाटन गर्नुहुँदै कामु गभर्नर डा ढुङ्गानाले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या छिटै समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाले लघुवित्तको माध्यबाट देशमा महिलाको आर्थिक सामाजिक अवस्थामा सुधार गर्न पनि उल्लेखनीय सहयोग पुगेको बताउनुभयो । सम्मेलनमा लघुवित्तहरूले हाल भोग्नुपरेका समस्या, उनीहरूले देशको अर्थतन्त्र र गरिबी निवारणको क्षेत्रमा पुर्याएको योगदान र ग्रामीण क्षेत्रको विकासमा पुर्याएको योगदान लगायतका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत गरी छलफल हुने बताएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...