HomeFeatureलण्डनमा "मिनी नेपाल"

लण्डनमा “मिनी नेपाल”

लण्डन, 30 अगस्त 2021

 आइतबार केम्पटन पार्कमा तमुधिं यूकेको आयोना र नेपाली दूतावास लन्डनको सहकार्यमा लण्डनमा १२ औं नेपाली मेलाको भव्य रुपमा सम्पन्न भएको छ। पार्कमा भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका हुन्।राजदूत लोकदर्शन रेग्मीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवर्द्धनमा योगदान पुर्‍याइरहेको बताए। उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे। उनले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गरे। आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह, सुझाव लिने योजना राजदूत रेग्मीले सुनाए।तमुधिं यूके र अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए।कार्यक्रममा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए।तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए।दुई हजार भन्दा बढी दर्शकको सहभागिता रहेको थियो। मेलामा भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो।मेलामा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरेका थिए।तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...