HomeFeatureलमजुङमा सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

लमजुङमा सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ

लमजुङ, 26 नवम्बर 2022

सुन सफा गरिदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिकलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । सुनको गहनालाई सफा गरिदिने भनी रासायनिक पदार्थ प्रयोग गरेर ठगेको आरोपमा भारतको बेगुसराई जिल्ला, नावकोठी १०, बिहारका २४ वर्षीय विवेक कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मर्स्याङ्दी गाउँपालिका ३ खुदीमा तीन जना महिलाले लगाएको सुनको सिक्री तथा ब्रासलेट खोल्न लगाएर विभिन्न रासायनिक पदार्थको प्रयोगबाट सुन सफा गर्ने नाममा ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

पक्राउ गरेर ल्याइएका ती युवकलाई बिहीबारदेखि लागू हुने गरी शुक्रबार जिल्ला अदालत लमजुङबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । ती युवकका साथबाट प्लाष्टिकका बोत्तलहरूमा राखिएका विभिन्न रसायनहरू पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...