काठमाडौं, 24 फरवरी 2023
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोशिमा कार्कीले ललितपुर जिल्लामा सडकको खराब अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । शुक्रबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै यस्तो बताएकी हुन्। सांसद कार्कीले राजधानीमा रहेरपनि ललितपुर जिल्लामा राज्यको दृष्टिमा नपरेको र हेपिएको अवस्थामा रहेको बताएकी छन् ।
उनले भनिन्,‘सडकमा पानी हाले चिप्लेर लड्ने नहाले धुलोले दम खोकी ल्याउने मेरो क्षेत्रको हविगत छ । नख्खु भैसेपाटी सडक निर्माणको काम कहिले टुङ्गो लाग्छ । चुनीखेल फर्सीडोल सडक ६ वर्षदेखि अलपत्र छ, सातदोबाटो चापागाउँ कान्ति राजपथ मुआब्जाको कारण रोकिएको छ । सडक विभाग वा काठमाडौं खानेपानी लिमिटेढले काम गर्न नसक्नु कसको स्वार्थ हो ? राज्यका निकाय गैरजिम्मेवार हुनु कमजोरी मात्रै होइन अपराधपनि हो ।’
कार्कीले सडक विभाग काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसैको स्वार्थ, ठूला ठेकेदारको मिलेमतो अथवा दबाब हो भनेर प्रश्न खडा गर्दै राज्यका निकाय गैर जिम्मेवार हुनु कमजोरी मात्र नभएर आम जनतामाथिको अपराध भएको टिप्पणी गरिन् ।









































