HomeFeatureललितपुर जिल्ला अदालत आगामी पाँच वर्षमा पूर्ण रुपमा डिजिटाइज अदालत हुने

ललितपुर जिल्ला अदालत आगामी पाँच वर्षमा पूर्ण रुपमा डिजिटाइज अदालत हुने

काठमाण्डौ, 8 जुलाई 2021

ललितपुर जिल्ला अदालतले आगामी पाँच वर्ष भित्रमा अदालतलाई पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने भएको छ । बिहीवार ललिपुर जिल्ला अदालतमा आयोजिक एक कार्यक्रममा बोल्दै स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले अदालतलाई पोकामा मिसिल बाँधेर राखिने परम्परागत पद्धतीमा सुधार गरी वैज्ञानिक व्यवस्थापन प्रणालीलाई अवलम्बन गरी पाँच वर्ष भित्रमा पूर्ण रुपमा डिजिटाइज अदालतको रुपमा विस्तार गरिने बताउनुभयो । उहाँले अदालतको अभिलेख शाखामा रहेका ६८ हजार १ सय ४८ थान मिसिलहरु मध्ये ६६ हजार ६ सय ६३ थान मिसिल सफ्टवेयरमा इन्ट्री गराइसकिएको, अभिलेखमा दर्ता रहेका मिसिल कागजातहरु मध्ये ५३ हजार २ सय ६९ थान मिसिल कागजातहरु धुल्याइ सकिएको र ११ हजार ६ सय ६२ मिसिलहरुलाई स्क्यान गरी डिजिटाइज समेत गरिसकिएको जानकारी दिनुभयो ।
ललितपुर जिल्ला अदालतमा २०७८ साल जेठ मसान्तसम्म अदालतमा जिम्मेवारी सरेका १ हजार ८ सय ५५ मुद्धा मध्ये ९ सय ६६ मुद्धा फर्छौट भएको र ८ सय ८९ मुद्धा फर्छौट हुन बाँकी रहेको जनाएको छ । त्यस्तै यस आर्थिक वर्षमा दर्ता हुन आएका २ हजार १ मुद्धा मध्ये ६४० मुद्धा फर्छौट भएका र १ हजार ३ सय ६१ मुद्धा फर्छौट हुन बाँकी रहेको जानकारी दिएको छ । ललितपुर जिल्ला अदालतले समग्रमा ३ हजार ८ सय ५६ मुद्धा मध्ये १ हजार ६ सय ६ मुद्धा फर्छौट गरेको स्रेस्तेदार पाण्डेले जानकारी दिनुभयो । फैसला कार्यान्वयन तर्फ अदालतले जम्मा ५८ करोड ३६ लाख १३ हजार ८ सय ४१ रुपैयाँ जरिवाना मध्ये १४ करोड ६९ लाख १५ हजार ४ सय २५ रुपैयाँ असुली गरेको स्रेस्तेदार पाण्डेले बताउनुभयो ।

ललितपुर जिल्ला अदालतले मेलमिलाप मार्फत् मुद्धाको मिलापत्र गराउने कामलाइृ प्राथमिकतामा राखेको जनाइएको छ । यस आर्थिक वर्षमा ५ सय ४७ थान मुद्धा मेलमिलापमा पठाइएकोमा १०८ थान मुद्धा मेलमिलाप हुन सकेको ललितपुर जिल्ला अदालतका स्रेस्तेदार विष्णु प्रसाद पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...