HomeFeatureललितपुर सिटी एफसीद्वारा प्रदिप हुमागाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

ललितपुर सिटी एफसीद्वारा प्रदिप हुमागाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी

ललितपुर,22 मार्च 2021

ललितपुर सिटी फुटबल क्लब (एफसी)ले मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई दिने भएको छ । अर्को महिना हुने नेपाल सुपर लिगमा सहभागिता जनाउन लागेको टोली ललितपुर सिटी एफसीले सोमबार पत्रकार सम्मेलन गर्दै हुमागाईलाई मुख्य प्रशिक्षक जिम्मेवारी दिने जनाएको हो ।

नेपाली शीर्ष डिभिजन लिग ए डिभिजन अन्र्तगत थ्री स्टार क्लबमा प्रशिक्षणको जिम्मेवारी निर्वाह गरिसकेका प्रशिक्षक हुँमागाईलाई जिम्मेवार दिन लागेको हो । कार्यक्रममा बोल्दै हुँमागाईले राम्रो नतिजा निकाल्नलाई क्लबले तयारी गर्ने बताए । हुमागाईले ललितपुरलाई प्रशिक्षण गर्नु आफ्नो लागि परिक्षा भएको बताए ।

ललितपुरले यस अघि नै  राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ ।  गत शुक्रबार भएको अक्सनबाट टोलीमा ललितपुरले अक्सनबाट १४ खेलाडीको पनि टुङ्गो लगाइसकेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन । विराटनगर बाहेकले अन्य टोलीले प्रशिक्षक सार्वजनिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...