HomeFeatureललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाही गर्नुपर्छ :...

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाही गर्नुपर्छ : पहाडी

काडमाडौँ, ८ फरवरी, २०२०
बालुवाटार जग्गा अनियमितता प्रकरणमा मानव अधिकारकर्मी कृष्ण पहाडीले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको समेत संलग्नता देखिएको भन्दै राज्यले कारबाही गर्नुपर्ने माग गरेका छन् ।
प्रधानमन्त्रीको रुपमा कार्य सम्पादन गर्दा नेपाल र भट्टराईले राष्ट्रलाई नोक्सान हुने गरी पटक पटक मन्त्रीमण्डलबाट निर्णय गराएको देखिएको भन्दै उनले अब राज्यले नेपाल र भट्टराईलाई पनि कारबाही गर्नुपर्ने एक विज्ञप्तिमार्फत माग गरेका छन् ।

पहाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित १७५ जनालाई मुद्धा चलाएको सन्दर्भमा न्याय निरुपणको कार्यमा सबैले सहयोग गर्नुपर्ने र ‘स्वतन्त्र न्यायालय’ बाट हुने निर्णयलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।

‘गच्छदारमाथि मुद्धा चलाएको घटनालाई लिएर नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक एवं विधिको शासनको वकालत गर्ने दलले संसद अवरुद्ध गर्नु, भातृ संगठनहरुलाई सडकमा उतार्नु अशोभनीय एवं दुर्भाग्यपूर्ण छ’, उनको विज्ञप्तिमा भनिएको छ, ‘उक्त अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्राईको प्रत्यक्ष संलग्नता देखिइसकेको हुँदा पूर्व प्रधानमन्त्रीद्वयलाई पनि कारवाईको दायरामा ल्याउन नेपाली कांग्रेसले शान्तिपूर्ण दबाब दिन खोजेको हो भने त्यसको म स्वागत गर्दछु र त्यस्तो अहिंसात्मक एवं रचनात्मक दबाबमा नागरिक समाज आन्दोलनले पनि सहकार्य गर्न सक्ने छ ।’

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...