काठमाण्डौँ,५ फरवरी, २०२०
महिनौ देखि बढ्दै आइरहेको प्याजको भाउ केही दिनदेखि निरन्तर घटिरहेको छ ।
फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार आजको बजारमा भारतीय प्याजको भाउ ८५ देखि ९० रुपैयाँ केजी सम्ममा थोक मूल्यमा विक्रि वितरण भइरहेको छ । उपभोक्ताले खुद्रा मूल्य ११० देखि ११५ रुपैयाँ केजी सम्म खरिद गरिरहेका छन् ।
त्यसैगरी बजारमा लसुनको भाउ आकासिएको छ । लसुन २० दिनको अन्तरालमा झण्डै ४२० रुपैयाँ बढेको छ । आजको बजारमा लसुनको उपभोक्ता मूल्य ६३० देखि ६४० रुपैयाँ केजीमा बिक्रि वितरण भइरहेको छ ।
कोरोना भाइरसका कारण चाइनीज नाकाहरु बन्द भएकाले भारत लगायत विभिन्न देशको नाकाबाट आउने नेपाल आउने चाइनिज लसुनको भाउ निरन्तर बढेको समितिले जनाएको छ ।









































