HomeFeatureलागूऔषध र मनोद्विपक पदार्थ सहित १२ जना पक्राउ

लागूऔषध र मनोद्विपक पदार्थ सहित १२ जना पक्राउ

काठमाण्डौँ, 17 मार्च 2020

लागु औषध नियन्त्रण ब्युरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थ सहित १२ जनालाई पक्राउ गरेको छ। व्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिला सहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेट सहित पक्राउ गरेको हो। पछिल्लो १२—१२ दिनमा चलाएको अभियानमा व्युरोले ठूलो सफलता प्राप्त भएको जनाएको छ। नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ। मुख्य नाकामध्ये वीरगञ्जमा लागूऔषध नेपाल ओसार पोसार गर्ने भारतको मोतिहारी पूर्वि चम्पारणका २४ वर्षिय विकाश कुमार र सोही ठाउँका २४ वर्षिय विकास कुरमा रामलाई समेत पक्राउ गर्न सफल भएको जनाएको छ। उनीहरुको साथबाट बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुल समेत बरामद भएको छ। उक्त कारोबारमा संलगन काभ्रे धुलिखेल ६ का उद्दव आचार्य (६०)लाई समेत पक्राउ गरिएको छ।  चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुर्ला पक्राउ गरिएको व्युरोका प्रमुख बसन्त बहादुर लामाले बताउनुभयो।

चैत १ गते प्ररीले बुप्रेनोर्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुलसहित पर्साको वीरगञ्ज महानगरपालिका १३ का मैंयादेवी श्रेष्ठ (५२), वडा नम्बर १५ का ज्योती बराल (२४)लाई पक्राउ गरेको थियो। व्युरोले फागुन २८ गते काठमाडौंको गोकर्णेश्वर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याब्लेट र लागु औषध कारोबारको रकम १ लाख ९४ हजार ५ सय सहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ का राजिव तामाङलाई पक्राउ गरेको छ। उनीसँगै ओखलढुंगा, सिद्धिचरण नगरपालिका ७ का सरोज राई (२१) लाई पक्राउ गरिएको व्युरोले जनाएको छ। यसैगरी फागुन २२ गते बल्खुबाट बुप्रेनोर्फि, डाईपेजाम र फेनारगन ३—३ सय एम्पुलसहित बाराको कलैया ७ बाट पचुदास गिरी (३५) लाई पक्राउ गरिएको छ। लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले फागुन २० गते नुवाकोट सुर्यगढी नगरपालिका ५ का सरोज पौडेल (२५), सिन्धुपाल्चोक इन्द्रवती ४ का उर्मिला तामाङ (२२), धादिङको निलकण्ठ नगरपालिका १ का राज कुमार गुरुङ (२९) र महोत्तरी मटिहानी नगरपालिका ८ का इमतियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाइजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित नियन्त्रणमा लिइएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...