काठमाडौं, 25 मार्च 2023
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा चितवन २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतले आज मंगलवार आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट निर्वाचित लामिछानेलाई माणपत्र प्रदान गरेका हुन् । आज सम्पन्न मतगणनाअनुसार रविले ५४ हजार १ सय ७६ मत ल्याएर विजयी भएका छन् । उनले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भन्दा ४२ हजार ९ सय ६३ मत बढी ल्याएका छन् । श्रेष्ठको मत ११ हजार २ सय १४ छ ।
त्यस्तै, तेस्रो स्थानमा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३६ मत ल्याएका छन् । चितवनमा जम्मा ७८ हजार ४ सय ६६ मत खसेको थियो ।
चितवन २ मा ४ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा पाँच दलीय गठबन्धनले कांग्रेसका उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । नेकपा एमालेले कृष्णभक्त पोखरेललाई उठाएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पार्टी सभापति लामिछाने नै उठेका थिए ।









































