Homeसमाचारभारतलालमाटी-बुङकुलुङ माझको जीवनरेखा पूल निर्माण गरिदिने जीटीए अध्यक्षले दिए वचन

लालमाटी-बुङकुलुङ माझको जीवनरेखा पूल निर्माण गरिदिने जीटीए अध्यक्षले दिए वचन

लालमाटी (खरसाङ)  सुवास छेत्री: सोमबार 8 जून 2020

खरसाङ खण्डको अत्यन्तै दुर्गम गाउँ लालमाटीदेखि बुङकुलुङ निस्कनको निम्ति यहाँका मानिसहरूले बालासन खोला तरेर जान पर्छ ।  यसको निम्ति त्यहाँ खोलामाथि कुनै पक्की पुल छैन् ।  विशेषगरी बर्खाको समयमा स्थानीय मानिसहरूलाई यहाँबाट हिँडडुल गर्न धेरै असुविधा हुन्छ ।  यही बाटो भएर स्थानीय मानिसहरू मिरिक तथा वरिपरीका क्षेत्रहरूमा पनि जान्छन् ।  तर खोलामाथि पक्की पुल नभएको कारण विशेषगरी बर्खाको समय मानिसहरूलाई निक्कै असुविधा हुने गर्छ ।यसैलाई मध्यनजर राखेर अनि गत केही दिनअघि दार्जीलिङका विधायक निरज जिम्बाले यस क्षेत्रको भ्रमणमा आएको समय जीटीए अध्यक्षलाई यस पूल निर्माण गरिदिने आग्रह गरेको फलस्वरूप आइतबार जीटीए अध्यक्ष अनित थापा यहाँ आएर उक्त ठाउँको निरीक्षण गर्दै यहाँ पूल निर्माण गरिदिने वचन दिएर गएका छन् ।  केवल मुखले बोल्ने मात्र होइन तर व्यवहारिक रूपमा त्यसलाई कार्यरूपमा परिणत गर्ने महत उद्देश्य र विचार लिएर प्रायः दुई किलोमिटर जंगलको अपठ्यारो बाटो हिँडेर जीटीए अध्यक्ष थापा यहाँ आएर क्षेत्रको परिभ्रमण गरे अनि बाँसद्वारा बनाइएको अस्थायी पूललाई हेरेर यहाँ पुल निर्माण गर्नु नै पर्ने विचार व्यक्त गर्दै जीटीएको तर्फबाट यहाँ पूल निर्माण गरिदिने वचन दिए ।  अध्यक्ष थापाले गत केहीदिन अघि दार्जीलिङ का विधायक निरज जिम्बा यस क्षेत्रको परिभ्रमण गर्दा तिनले यहाँको अवस्थालाई देखाएर जीटीए मार्फत पुल निर्माण गरिदिने गरेको आग्रहलाई ध्यानमा राखेर आज यहाँ आएको बताउँदै अवश्यनै पूल निर्माण गरिदिने वचन दिए ।  जीटीए अध्यक्ष भए तापनि आफूलाई सबै कुरो थाहा नहुने बताउँदै तर एकजना जनप्रतिनिधि भएको नाताले विधायक जिम्बाले यसरी दुर्गम क्षेत्रहरूको समस्यालाई देखाइदिएकोमा तिनीप्रति कृतज्ञता प्रकट गर्दै जिम्बाले एकजना साँचो जनप्रतिनिधिको काम गरेको बताए ।  थापाले अघि भने-“पहाड़मा हामीले राजनीतिदेखि माथि उठेर काम गर्नुपर्छ ।  राजनीति स्वार्थलाई भुलेर पहाड़को हितको निम्ति काम गर्नुपर्छ ।  मलाई अहिले कुर्सीमा राखेको मैले सबैको निम्ति काम गर्नुपर्छ ।  तिनले निजी स्वार्थलाई भुलेर आज विधायक जिम्बाको सुझाव अनुसार नै यहाँ आएको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस् | Comments.....

सम्बधित | RELATED

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लोकप्रिय - MOST POPULAR

ताजा समाचार | LATEST NEWS

rabi tika 01

रास्वपा सभापति रवि लामिछानेले लगाए दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका

काठमाडौं,15 नोभेम्बर 2023राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन्। बुधबार बिहान शुभसाइतमा उनले दिदीहरूबाट भाइटीका लगाएका हुन्। ...
rashtrapati paudel

राष्ट्रपति पौडेलले बहिनी शारदा र चन्दाको हातबाट लगाए टीका

काठमाडौं,15 नोभेम्बर 2023 राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीलतनिवासमा बुधवार बिहान १०...

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्ने

राष्ट्रपतिले बहिनीहरू शारदा र चन्दाको हातबाट टीका ग्रहण गर्नेकाठमाडौं,14 नोभेम्बर 2023राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका ग्रहण गर्ने...

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दै

भारत र न्युजिल्याण्ड सेमिफाइनलमा भिड्दैकाठमाडौं,14 नोभेम्बर 2023एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ। बुधबार नेपाली समय अनुसार दिउँसो सवा २ बजे...

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामद

अछाममा १६ जुवाडे पक्राउ, ८६ हजार ८९० रुपैयाँ बरामदकाठमाडौं,14 नोभेम्बर 2023अछाममा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु जिल्लाको ओलीगाउँ र...