काठमाडौं, 9 अगस्त 2022
जापान भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेता लगायतका नेताहरुसँग भेटवार्ता गरेका छन् । एलडीपी हेडक्वार्टर टोकियोमा मंगलबार प्रचण्ड र लिवरल डेमोक्रेटिक पार्टी जापानका वरिष्ठ नेतालगायतसँग भेटवार्ता भएको छ । भेटमा पुर्व महासचिव, पुर्व अर्थ, व्यापार र उधोगमन्त्री तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदिय समितिका सभापति तोसिहिरो निक्कइसँग सहभागी थिए । भेटमा दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान देखि स्थानीय सहर/नगरहरुबीच भगिनी सम्बन्धको विकास, नेपालको कृषि, जलविद्युत, भौतिक पुर्वाधार लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।









































