काठमाण्डौ, 12 अगस्त 2021
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १७२ अनुरूप सपथ ग्रहण गराएका हुन्। त्यस्तै केसीले मन्त्री र राज्यमन्त्रीहरूलाई पनि सपथ खुवाएका हुन्। डिल्ली चौधरीले ग्रामीण विकास तथा सहरी विकास मन्त्रीको रूपमा सपथ लिएका छन्। सहसराम यादवले भौतिक पूर्वाधार तथा विकास मन्त्रीको रूपमा सपथ लिएका छन्। पुर्मती ढेंगा,अजय शाहीले विनाविभागीय मन्त्रीको रूपमा सपथ लिएका छन्। केसीले आजैदेखि कार्यभार पनि सम्हालेका छन् । यसअघि बिहीबार दिउँसो तीन बजे प्रदेश प्रमुख शेरचनले केसीलाई संविधानको धारा १६८(२) अनुसार ४ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।









































